धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

राष्ट्रिय भलिबल प्रतियोगिताबाट बाहिरियो सुदूरपश्चिम

राष्ट्रिय भलिबल प्रतियोगिताबाट बाहिरियो सुदूरपश्चिम

धनगढी । कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’बाट घरेलु टोली सुदूरपश्चिम प्रदेश बाहिरिएको छ । क्वाटरफाइनलमा विभागिय टोली एपीएफसंग पराजित हुँदै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो ।

बिहीबार विहान भएको क्वाटरफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफ भने सेमिफाइनलमा प्रवेश गरेको छ ।


ट्रेन्डिङ