धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सत्यवती एकेडेमीमा बिशु मेला

सत्यवती एकेडेमीमा  बिशु मेला

धनगढी । सत्यवती एकेडेमी अत्तरियाको कक्षा ११ की छात्रा कञ्चन जेठारा शुक्रवार बिद्यालयको मैदानमा गाडिएको टेन्टमुनि बसेर डोटेली खानाका परिकार बनाइरहेकी थिइन् ।    कन्चनले पकाएका परिकारहरु छेउमै राखिएको भाडामा राखेर उनका साथीहरु बिक्री गरिरहेका थिए ।

 कन्चनको छेउमै रहेको अर्को कोठामा  कक्षा ७ की आकृति  बझाङ जिल्लामा पाइने परिकार बिक्री गरिरहेकी थिइन् । अबझाङी पोशाकमा सजिएर आकृति आफ्ना साथीहरुले पकाएका परिकार  बिक्री गरिरहेकी थिइन् ।

कैलाली थारु लेखिएकको ब्यानर राखेको भागमा कक्षा ८ की अपेक्षा देउवा थारु परिकारहरु बिक्री गरिरहेकी थिइन् । थारुको भाषा, संस्कृति र परिकार बारे सबै बिद्यार्थीलाई जानकारी गराउन मेलामा थारु परिकार संस्कृति प्रदर्शनमा आफ्नो टीम लागेको अपेक्षाले बताइन् ।

कन्चन र आकृति प्रतिनिधि पात्र मात्र हुन् । सत्यवतीको भवनको अगाडी र पछाडी राखिएका टेन्ट भित्र र बाहिर शुक्रवार बिद्यार्थीहरु कतै पोशाक प्रदर्शन, कतै परिकार कतै बिज्ञानका कला प्रदर्शन गरिरहेका थिए । “आज हामी सबै आफ्नो कला, सस्कृति, खानपिन, बिज्ञान प्रदर्शनी गरिरहेका छौं ।”   कन्चनले भनिन् “आज हाम्रो बिद्यालयमा मेला लागेका छ ।”

सत्यवती एकेडेमीले आफ्नो बार्षिकोत्सवको अवसरमा  बिशु मेलाको आयोजना गरेको हो । सुदुरपश्चिमका पहाडी जिल्लामा बैशाख १ गते नया बर्षको दिनलाई बिशु पर्वको  रुपमा मनाउने गरिन्छ ।  सत्यवतीको फाउण्डर बीर बहादुर कडायत नयाँ बर्ष आउन लागेकोले बार्षिकोत्वलाई बिशु मेलाका रुपमा मनाइएको बताउँछन् ।

फाउण्डर बीर बहादुर कडायतका अनुसार बिद्यार्थीलाई आफ्नो कला संस्कृति,  पहिरन, परिकारबारे परिचित गराउन मेलाको आयोजना गरिएको  हो । “हाम्रो संस्कृतिको पहिचान गरौ, रमाइलो पनि गरौं भनेर बार्षिकोत्सवको उपलक्ष्यमा  सांस्कृतिक कार्यक्रम सहित मेला गरेका छौं ।” फाउण्डर कडायतले भने  “सबै बिधा समेटेपछि कोही पनि बच्चा छुट्न पाउँदैन, सबै बिचार क्षमताको मेलामा सहभागिता हुन्छ । त्यसैले बिज्ञा, कला, परिकार सबै बिधा समेटेका हौं ।”

सत्यवतीमा  एकै साथ बिज्ञान प्रदर्शनी,  पहाडी जिल्ला, थारु, राना थारुका संस्कृति, परिकार, चर्खा, पिङ प्रदर्शनी भैरहेको छ ।  बिद्यार्थीहरुले बनाएका यी प्रदर्शनीमा  बिद्यार्थी र अभिभावकको सहभागिता छ ।

कक्षा २ मा अध्ययन गर्ने आफनो बच्चा सहित मेलामा सहभागी अभिभावक बबिता कुवर मेलाले बिद्यार्थीहरुका लागि राम्रो गरेका बताउँछिन् ।  “मेलामा बिद्यार्थीहरु रमाएका छन् । उनीहरुले धेरै चीज जान्न पाएका छन् ।” कुवरले भनिन्  “यसले सत्यवती पढाईमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि उत्तम छ भन्ने प्रमाणित गरेको छ ।”

मेला हेर्न आफ्ना बिद्यार्थी  सहित सहभागी भएका गौरीगंगा नगरपालिका राजीपुर स्थित द ग्रीन स्टार इङलिश बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल खेमराज कोइराला मेलाले बिद्यार्थीको प्रतिभा बिकासमा सहयोग पुरयाउने बताउँछन् । “यसले बिद्यार्थीहरुको सीप बिकास गर्ने र आत्मबल बढाउने काम गर्दछ ।” कोइरालाले भने “एक अर्काको संस्कृति, परिकार बुझ्ने र एक अर्कालाईल सम्मान गर्न सिकाएर असल नागरिक बनाउन  यस्ता मेलाले भुमिका खेल्छन् ।”  

सबै बिद्यार्थीको सहभागिता गराउन मेला आयोजना 

                                                           बीर बहादुर कडायत

                                                             फाउण्डर

हामीकहाँ मेला महोत्सवहरु हुने गरेका छन् । महोत्सवमा संस्कृति झल्काउने भन्छन्, तर छाडा बोल्ने कलाकारलाई महंगो पैसा दिएर ल्याउँछन् ।  यस्तो गर्नु संस्कृति बिगार्नका लागि हो कि बनाउनका लागि हो ? अनि सुदुरपश्चिमको पर्यटन बिकास गर्ने भन्छन्, भारतका चर्का ल्याएर पैसा जति भारततिर पठाउँछन् ।  पर्यटक भित्रयाउने  उदेश्य राखेका संस्घ संस्थाहरु पर्यटक ल्याउनुको साटो  हाम्रो पैसा बिदेश पठाउन पो थाले ।

त्यसैले  हाम्रो संस्कृतिको पहिचान गरौ, रमाइलो पनि गरौं भनेर बार्षिकोत्सवको उपलक्ष्यमा  सांस्कृतिक कार्यक्रम सहित बिबिध कार्यक्रम गरेका छौं ।

यो कार्यक्रमको नाम नै बिशु मेला राखेका छौ । सुदुरपश्चिमका पहाडी जिल्लामा बैशाख १ गते नयाँ बर्षको दिन बिशु पर्व मनाइन्छ । त्यसैले यसलाई बिशु मेलाको रुपमा लिएका छौं ।

यसमा सुदुरपश्चिमका तराईका कैलालीमा थारु संस्कृति र खानपान, कन्चनपुरमा राना थारुको संस्कृति र खानपान, बाकी सात पहाडी जिल्लाका आ आफ्नै संस्कृति र खानपानलाई मेलामा समेटेका छौं ।

मेलामा बिद्यार्थीको उत्साहपुर्ण सहभागिता छ । परिकार बनाउन  मेहनत गरेका छन् । आफुलाई भाग परेको जिल्लाको चालचलन, संस्कृति, पहिरन र परिकारको बारेमा बिद्यार्थीहरुले अध्ययन गरेर मेलामा पस्केका छन् । संस्कृति प्रदर्शनमा पनि राम्रो सहभाभगिता छ ।

बिद्यालय भनेको फुलबारी हो । फुलबारीमा हरेक बिचार र किसिमका मान्छेहरु आएका हुन्छन् । बार्षिकोत्सव भनेर नाचगान मात्र समेट्यो भने नाच्ने बाहेका क्षमता र रुचि भएका बच्चाहरु सहभागी हुन पाउँदैनन् । त्यसैले सबै बिधा समेटेपछि कोही पनि बच्चा छुट्न पाउँदैन, सबै बिचार क्षमताको मेलामा सहभागिता हुन्छ । अनि मेला नाच्ने, खेल्नेको, चित्रकलाको र बिज्ञान प्रदर्शनीको मात्र नभएर सबै बिद्यार्थीको  हुन्छ । त्यसैले मेलाको  आयोजना गरेका हौं ।


ट्रेन्डिङ