धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

ऐश्वर्य युवा रेडक्रस सर्कलद्धारा रक्तदान

ऐश्वर्य युवा रेडक्रस सर्कलद्धारा रक्तदान

धनगढी  । ऐश्वर्य विद्या निकेतन युवा रेडक्रस सर्कलद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ऐश्वर्य विद्या निकेतनको ४५औं बार्षिकोत्सवका अवसरमा युवा रेडक्रस सर्कलमा आबद्ध ४४ जना विद्यार्थीले रगत दान गरेका हुन् ।

रक्तदान कार्यक्रममा बार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको छ । ऐश्वर्य विद्या निकेतन कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा शिक्षक, शिक्षिकाको उपस्थितीमा पुरस्कार वितरण गरिएको हो ।


ट्रेन्डिङ