धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अर्थमन्त्रीको जिम्मेवारी प्रकाश रावललाई दिंइदै

अर्थमन्त्रीको जिम्मेवारी प्रकाश रावललाई दिंइदै

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री पनि फेरिने भएका छन् । हाल एकिकृत समाजबादी पार्टीबाट तारालामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् ।

तर अव उनको सट्टामा एकिकृत समाजबादी पार्टीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको श्रोतले जनाएको छ । एकिकृत समाजबादी पार्टीले बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङलाई राजिनामा समेत दिन लगाएको छ ।

नयाँ मन्त्री हुन लागोक प्रकाश रावल यस अघि उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका थिए । तर भ्रष्टाचार अभियोग लागेपछि उनले राजिनामा दिएका थिए ।


ट्रेन्डिङ