धनगढी,
बझाङको केदार स्यू गाउँपालिका–८ मेल्लेखी भन्ने स्थानमा शुक्रबार राती गएको पहिरोका कारण १७ घर पहिरोमा पुरिएर कम्तिमा ११ जना वेपत्ता भएको अनुमान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले हाल सम्म घटना स्थलमा पुग्न नसके पनि आफुलाई १७ घर पहिरोमा पुरिएका र ११ जना वेपत्ता भएको सूचना आएको बताए । ‘घटना स्थल सम्म पुग्न कम्तिमा ३ घण्टा अझै लाग्ने छ’ अध्यक्ष भण्डारीले भने–‘स्वास्थयकर्मी, सुरक्षाकर्मी सहित गाउँपालिकाको टोली बाटोमै छौं ।’

उनले पहिरोमा पुरिएर घाइते भएकाहरुको उद्धारका लासिग हेलिकोप्टर मगाउन पहल भइरहेको बताए । टोलीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित १२ जनाको समुह रहेको अध्यक्ष भण्डारीले बताए ।
रातीको समयमा सवै जना घर भित्रै हुने हुँदा क्षेती बढी भएको हुन सक्ने बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।