धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

जीपमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

जीपमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

धनगढी । बझाङको छविसपाथिभेरा गाउँपालिकामा जीप माथी ढुंगा खस्दा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजार स्थित किन्द्रालमा भिरबाट खसेको ढुंगा जीपमा बजारिएको थियो ।

ढुंगा लागेको जीप अनियन्त्रित भएर सेती किनारमा खस्दा जीप चालक छबिसपाथिभेरा गाउँपालिका–३ का ५० बर्षिय जयबहादुर सार्कीको घटना स्थलमै मृत्यु भएको हो ।

छविस पाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से१ज ६७६ नम्बरको जीपमाथी भिरबाट खसेको ढुंगा परेको थियो । जीपमा अन्य व्यक्तिभने सवार थिएनन् ।


ट्रेन्डिङ