धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

२८ बर्षे सरकारी जागिरको यात्रा छोडेर राजनीतिमा

२८ बर्षे सरकारी जागिरको यात्रा छोडेर राजनीतिमा

धनगढी । बैतडीमा २८ बर्ष सम्म सरकारी जागिर खाएका एक जना प्राबिधिक कर्मचारीले जागिरबाट राजिनामा दिएर राजनीति तर्फ पाइला चालो छन् ।

२८ बर्ष सम्म प्राबिधिक सहायकको जागिर गरेका बैतडीको पाटन नगरपालिका–१० का धनबहादुर कुँवरले सो जागिर छाडेर वडा अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसबाट वडा अध्यक्षको सिफारिषमा परेका कुँवर अहिले जागिर छोडेर चुनावि प्रचार–प्रसारमा छन् ।

२८ बर्षसम्म प्राविधिक सहायकको जागिर गरेका कुँवरले सो पदबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएको बताए । सरकारी जागिरको सिलसिलामा आफ्नो नागरिकसंग राम्रो सम्बन्ध रहेको र सोही सम्बन्धका कारण आफू राजनीतिमा होमिएको उनले बताए ।

उनले भने ‘मैले मेरो जागिरको धेरै समय यसै वडामा बिताएको छु । यहाँका नागरिकका समस्यासंग जानकार छु । उनीहरुका समस्या समाधानका लागि मेरो उम्मेदवारी हो ।’

पार्टीले टिकट दिएसंगै आफू चुनावी प्रचारप्रसारमा होमिएको कुँवरले बताए । उनले भने ‘मैले अहिले घरदैलो अभियान शुरु गरेको छु । नागरिकले जिम्मेवारी दिएमा जिम्मेवारी पूरा गर्ने बाचा गरिरहेको छु ।’


ट्रेन्डिङ