धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

समाजसेवी बमको काँग्रेसबाट गौरीगंगाको मेयरमा दावी

समाजसेवी बमको काँग्रेसबाट गौरीगंगाको मेयरमा दावी

धनगढी ।  समाजसेवी एसवम सहकारी अभियन्ता भोज बहादुर बमले नेपाली कांग्रेसबाट गौरीगंगा नगरपालिकाको मेयरमा उम्मेदवारी दावी गरेका छन् । २०४९ साल देखि हालसम्म लगातार काँग्रेसको क्षेत्रीय प्रतिनिधि रहँदै आएका बमले नगरपालिकालाई व्यवस्थित र भ्रष्टाचारमुक्त बनाउन मेयरमा आफ्नो  दावी गरेका बताए ।

 ‘अहिलेसम्म सामाजिक क्षेत्रको अनुभवका आधारमा गौरीगंगा नगरपालिकालाई सुन्दर र व्यवस्थित बिकासको बाटोमा अघि बढाउने मेरो लक्ष्य छ ।’ बलमे भने –‘नगरलाई अझै सुन्दर र बिकसित बनाउन मेरो मेयरमा दावी हो ।’

 वैशाख ३० गते स्थानीय तहको निर्वाचन भैरहेको छ   । गौरीगङ्गाको मेयरमा जितेपछि भ्रष्ट्राचार मुक्त नगरपालिका, प्रविधि युक्त र स्मार्ट गौरीगंगा नगरपालिका बनाउने लक्ष्य रहेको बताए ।

बम लामो समय देखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् भने यस अघि राष्ट्रिय सहकारी महासङ्घ नेपालमा पूर्व सञ्चालकका रूपमा पनि काम गरिसकेका छन् । बम नेपाली काँग्रेसको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि,  नेविसंघको पूर्व जिल्ला सदस्य, क्षेत्रीय सदस्यका पमा  काम गरेको अनुभव छ ।

बम राष्ट्रिय सहकारी महासँघको पुर्व सञ्चालक र जिल्ला सहकारी सँघ कैलालीको सल्लाहकार सँयोजक हुन् ।

 

 


ट्रेन्डिङ