धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

पहिरोमा पुरिएका थप एकको शव भेटियो, मृतकको संख्या ३ पुग्यो

धनगढी,

   बझाङको केदारस्यु गाउँपालिका–८ मेल्लेसीमा गएको पहिरोमा पुएियर वेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । योसंगै पहिरोका पुरिएर मृत फेला पर्नेको संख्या तीन पुगेको छ ।

   केदारस्यू गाउँपालिका–८ का वडा अध्यक्ष गणेश बोहराले दिएको जनकारी अनुसार शव भेटिएका तेश्रो व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । यस अघि स्थानीय ११ बर्षे प्रयाग जेठारा र ७ बर्षिया अस्मिता जेठारोको शव भेटिएको थियो ।

    पहिरोमा पुरिएर ४ परिवारका ७ जना वेपत्ता भएको जानकारी भएको अध्यक्ष बोहराले बताए ।


ट्रेन्डिङ