धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

यस्ता छन् धनगढीका १९ वडामा नेकपा माओबादी केन्द्रका उम्मेदवार

यस्ता छन् धनगढीका १९ वडामा नेकपा माओबादी केन्द्रका उम्मेदवार

धनगढी । गठबन्धन दलको निर्णय अनुसार धनगढी उप–महानगरपालिकाको उप मेयरमा नेकपा माओबादी केन्द्रकी नेतृ शान्ति कुमारी अधिकारीले उम्मेदवारी दिएकिछन् ।

माओबादी केन्द्रका तर्फबाट धनगढी उप–महानगरपालिका–१ को वडा अध्यक्षमा यदु सुनार, २ मा डम्बर सुनार, ३ मा सुन्दरसिंह धामी, ४ मा आशिष बम, ५ मा रुपलाल चौधरी, ६ मा भागीराम चौधरी, ७ मा इन्द्र चौधरी, ८ मा विश्वजित चौधरी, वडा नम्बर ९ मा बलबहादुर बिकले उम्मेदवारी दिएका छन् ।

यसैगरी वडा नम्बर १० मा माओवादीले काँग्रेसलाई सघाउने निर्णय गरेको छ । वडा नम्बर ११ मा गंगारामा राना, १२ मा खडक भट्ट, १३ मा टेकसिंह धामी, १४ मा कृष्ण गिरी, १५ मा फुलराम चौधरी, १६ मा रामलाल चौधरी, १७ मा रामबहादुर चौधरी, १८ मा मुरारी अधिकारी र १९ मा हरिचन्द्र चौधरीले वडाध्यक्षको टीकट पाएका छन् ।


ट्रेन्डिङ