धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रथम बिद्याभुषण खुला भलिबको उपाधि आयोजक बिद्याभुषलाई

प्रथम बिद्याभुषण खुला भलिबको उपाधि आयोजक बिद्याभुषलाई

धनगढी । प्रथम बिद्या भुषण खुला भलिबल प्रतियोगितामा प्रथम स्थान आयोजक बिद्या भुषण पब्लिक स्कुलले हात पारेको छ । शनिबार भएको प्रतियोगिताको अन्तिम खेलमा नबिन भलिबल ग्रुप महेन्द्रनगर कन्चनुरलाई पराजित गर्दै बिद्या भुषणले उपाधि हात  पारेको हो ।

बिद्या भुषणले नबिन भलिबल ग्रुपलाई बेष्ट अफ फाइभको खेलमा २ को बदला ३ खेल जित्दै बिजय हात पारेको हो ।

प्रतियोगितामा  तृतीय स्थान लिटल फलावर इङलिश बोर्डिङ स्कुल धनगढीले प्राप्त गरेको छ । 

प्रतियोगिताका बिजयीहरुलाई दाहाल पुस्तक पसलका प्रमुख कार्यकारी अधिकृत  मेखराज दाहाल, धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाह  र जनकल्याण इङलिश बोर्डिङ स्कुल अत्तरियाका संस्थापक÷प्रिन्सिपल योगेन्द्र हमालले प्रदान गरेका हुन् ।

प्रतियोगिताका प्रथमलाई २५ हजार, प्रमाणपत्र र मेडल, द्धितीयलाई १५ हजार, मेडल र प्रमाणपत्र र तृतीयलाई ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो ।

बैशाख १५ गते शुरु भएको प्रतियोगिताका ११ टीमको सहभागिता रहेको थियो ।

 


ट्रेन्डिङ