धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
भेट्न नै चाहने हो भने बैशाख ३० को निर्वाचनपछि   भेटघाट गर्न तयार  रहेको सन्देश ओझाले  देउवालाई पठाएका थिए ।

देउवाले बोलाउदा पनि  भेट्न गएनन् ओझा

भेट्न आउन नमानेपछि प्रधानमन्त्री देउवाले फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको श्रोतले जनाएको छ  ।

देउवाले बोलाउदा पनि  भेट्न गएनन् ओझा

धनगढी । नेपाली काँग्रेसले सदस्याट निष्काशन गरेका पुष्कर नाथ ओझाले काँग्रेस सभापति एववम प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न अस्वीकार गरेका छन् ।  दुई दिन धनगढीमा रहेको बेला प्रधानमन्त्री देउवाले भेटघाटका लागि बोलाए पनि ओझा भेटका लागि तयार भएनन् ।

 धनगढी उउपमहानगरपालिकाको मेयरका उम्मेदवार नृप बहादुर ओडको अवस्था खराब रहेको पाएपछि स्थिति सुधार्न छलफलका लागि प्रधानमन्त्री देउवाले ओझालाई भेट्न बोलाएका  थिए । तर चुनाव नजीकै आइसकेको र आफुमाथिको कारवाही यथावत रहेको भन्दै ओझा देउवालाई भेट्न नगएको ओझा नजीकको श्रोतले जनाएको छ ।

भेट्न आउन नमानेपछि प्रधानमन्त्री देउवाले फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको श्रोतले जनाएको छ  ।

ओझा निकट श्रोतका अनुसार देउवाले धनगढीको मेयरका उम्मेदवार नृप ओडको पक्षमा माहोल तयार गर्न देउवाले बोलाएको र अबको छोटो समयमा त्यो सम्भव नहुने भन्दै ओझा भेट्न तयार नभएका हुन् ।

   “चुनाव अघि नै सल्लाह गरेर हाम्रा  पक्षका केही व्यक्तिहरुलाई पनि  समेटेको भए र नृपलाई मेयरमा टिकट दिएको भए सम्भव हुन्थ्यो ।” ओझाको भनाई उद्धृत गर्दै श्रोतले भन्यो  “अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुदैन । त्यसैले अहिले भेटेर पनि  काम छैन ।” 

 भेट्न नै चाहने हो भने बैशाख ३० को निर्वाचनपछि   भेटघाट गर्न तयार रहेको सन्देश ओझाले  देउवालाई पठाएका थिए ।

 चुनाव प्रचारकै क्रममा देउवा बैशाख २५ गते धनगढी आइपुगेका हुन् । आइतबार र सोमबार पार्टी कार्यकतासँग भेटघाटका क्रममा धनगढीमा पार्टी सँगठन सक्रिय नरहेको, अधिकाँश कार्यकर्ता असन्तुष्ट रहेको र पार्टीको पक्षमा नलागेका कारण  धनगढीका मेयरका उम्मेदवार नृप ओडको अवस्था खराब रहेको जानकारी प्रधानमन्त्री देउवाले पाएका थिए ।

  काँग्रेस सभापति एवम प्रधानमन्त्री देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल  सहभागी रहेको गठबन्धनको सोमबार चुनावी सभामा पनि अत्यन्त कम सहभागिता रहेको थियो ।  सभामा देउवाले धनगढी उपमहानगरपालिका र मेयरका उम्मेदवार नृप वडका बारेमा केही पनि बोलेनन् । पार्टीको निर्णय बिरुद्ध उम्मेदवार बन्ने कार्यकर्ताहरुलाई पार्टीले कारवाही गर्ने चेतावनी भने देउवाले दिएका थिए । तर सोही कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले धनगढीका  मेयर वडले एकदमै राम्रो बिकास गरेको र  सक्षम पनि रहेका भन्दै मत दिन आग्रह गरेका थिए । 

 २०७४ को निर्वातनका  क्रममा धनगढीमा भएको काँग्रेसको  चुनावी सभालाई सम्वोधन गर्दै देउवाले नृप वड एकदमै इमानदार, मेहनती र सक्षम  रहेको भन्दै मत दिन आग्रह गरेका थिए ।

  २०७४ को प्रदेश सभा र संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई पराजित गर्न लागेको आरोपमा नेपाली काँग्रेसले पुष्करनाथ ओझालाई सदस्यबाट कारवाही गरेको थियो । २०७० मा जितेको धनगढी क्षेत्रबाट शेर बहादुर देउवाले राजीनामा दिएपछि भएको उपनिर्वाचनमा  कांग्रेसबाट उम्मेदवार बनेर ओझा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । धनगढीबाट  प्रतिनिधि सभामा निर्वाचित भएपछि ओझा देउवा पक्षमा सक्रिय भएका थिए । त्यसअघि उनी कोइराला पक्षमा रहेर राजनीति गदै आएका थिए ।

 देउवा पक्षमा रहेरै ओझाले जिल्लामा आफ्नो छुट्टै समुह निर्माण गरेका थिए । र काँग्रेस कैलालीको सभापति नरनारायण शाह मनुलाई बिजयी बनाउन लागिपरेका थिए ।

तर २०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा धनगढी क्षेत्रबाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवा प्रतिनिधि सदस्यको उम्मेदवार बनेपछि ओझा असन्तुष्ट बनेका थिए ।  २०७४ असारमा भएको पालिकाको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयरका उम्मदेवार नृप वडलाई बिजयी बनाउन सक्रिय रहेका थिए । तर  २०७४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा ओझा   सक्रिय बनेका थिएनन् । केही समयपछि आरजु राणा देउवालाई पराजित गर्न पार्टी बिरुद्ध लागेको भन्दै ओझालाई पार्टी सदस्यबाट निष्काशन गरिएको थियो ।

यसपटकको  पालिकाको निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि ओझा पक्षका नेताहरु धनगढी उपमहानगरपालिकाका बिभिन्न पदहरुमा स्वतन्त्र रुपमा उम्मेदवार बनेर प्रतिस्पर्धा गरिरहेका छन् । 


ट्रेन्डिङ