ऐश्वर्य बिद्या निकेतनमा  योग शिविर सम्पन्न

ऐश्वर्य बिद्या निकेतनमा  योग शिविर सम्पन्न

धनगढी  ऐश्वर्य बिद्या निकेतनमा सञ्चालन भएको योग शिविर बिहीवार सम्पन्न भएको छ ।  पतञजली योग समितिको प्राविधिक सहयोगमा ऐश्वर्य बिद्या निकेतनले सञ्चालन गरेको शिविर तीन दिनसम्म सञ्चालन भएको थियो ।

शिविरको समापन कार्यक्रमममा सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले शारिरीकका साथै मानिसक रुपमा स्वस्थ रहन योग आवश्यक रहेको बताए ।

योगलाई जीवात्माबाट  अध्यात्मकतामा पपनि जोडेर अघि बढ्न आवश्यक रहेको प्रदेश प्रमुख जोशीले बताए ।

आत्मीय एकारुपता र शारिरीक एकारुपताका लागि  योगाभ्यास जरुरी रहेकोले योग शिविर सँचालन गरिएको ऐश्वर्य बिद्या निकेतनका प्रिन्सिपल प्रेमनिधि ओझाले बताए ।

आत्मीय शान्ति, निरोगिता तथा स्वस्थ शरिरका लागि योग जरुरी रहेको प्रिन्सिपल ओझाले बताए ।

बिद्यार्थी जेसिका बिनाडीले योगले एकाग्रताको बिकास गर्ने र अध्ययनमा सहज हुने बताइन् ।

शिविरमा शिक्षक, बिद्यार्थी अभिभावक, बिद्यालयका छरछिमेकीहरुको सहभागिता रहेको थियो  । 

शिविरमा   पतञ्जली योग समिति  नेपालका मुख्य प्रभारी लबदेब मिश्रले योगबारे प्रशिक्षण दिएका हुन् ।