धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

चट्याङ लाग्दा बाजुराको भैसी खर्कमा १ को मृत्यु

धनगढी 
  
शुक्रवार राति चट्याङ लाग्दा बाजुरा जिल्लामा भैसी खर्कमा रहेका एक जना बालकको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । जिल्ल्लाको बुढिनन्दा नगरपालिको वडा न १० मा  भैसी खर्कमा रहेका ८ बर्षिया दिपेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

  बुढिनन्दा नगरपालिको वडा न १० कै वासिन्दा बोहरा परिवार सहित खर्कमा गएका थिए । चट्याङ लाग्दा ५५ बर्षीय सौरे बोहरा पनि घाइते भएका छन् । घाइते बोहरा मृतक दिपेशका ठुलो बुवा हुन् ।

   पाण्डुसैन अस्ताइ प्रहरी पोष्टबाट प्रहरीको टोली हिडीसके पनि अझै पुगिसकेको छैन । घटनास्थल पुग्न करिव ५ घण्टा लाग्ने गरेको स्थानीयले बताएका छन् । 
 
घाइतेलाई उपचारको लागि लैजान हेलिकोप्टर आउने  तयारी भैरहेको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।


ट्रेन्डिङ