धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् । १ शय ५३ मतको गणनामा हमालले  ७७ मत प्राप्त गरी सबै भन्दा अगाडी छन् ।

गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृप बहादुर वडले ३५ मत प्राप्त गरेर हमाललाई पछ्याएका छन् । एमालेका मेयरका उम्मेदवार रण बहादुर चन्दले ५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा  नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४८ र नेकपा एमालेकी कन्दकला रानाथारुले १७ मत ल्याएका छन्न् ।  उपमेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३२ मत प्राप्त गरेका छन् ।


ट्रेन्डिङ