धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

टीकापुरमा रेशमको नागरिक उन्मुत्ति पार्टीको दोब्बर मतले अग्रता

टीकापुर । टीकापुर नगरपालिकामा  संघीय सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मतान्तर बढाउँदै अग्रता लिएको छ । चुनावको केही समय अघि मात्र स्थापना गरिएको नागरिक उन्मुक्ति पार्टीका मेयरका उम्मेदवार रामलाल डगौरा थारुले  एक मतको  गणना हुदा ५   शय ८८  मत प्राप्त गरेर अग्रता कायम गरेका छन् ।

त्यस्तै नागरिक  उन्मुक्ति पार्टीको उउपमेयर उम्मेदवार उल्कादेवी बिकले ५ शय १ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् ।

 थारुलाई नेकपा एमालेका मेयरका उम्मेदवार श्याम खत्रीले २ शय ६६  मत प्राप्त गरेर पछ्याइरहेका छन् । गठबन्धनका तर्फ नेपाली काँग्रेसका मेयरका उम्मेदवार नवराज रावलले २ शय १९ र   मत प्राप्त गरेका छन् ।

एमालेको उपमेयर  उम्मेदवार उपमा केसीले १ शय ९० प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट  माओवादीका उपमेयरका उम्मेदवार खडक शाहले  २ शय १३ मत प्रापत गरेका छन् ।

टीकापुर नगरपालिका वडा नम्बर ५ बाट मतगणना सुरु गरिएको छ । 

हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले थारु र दलित समुदायको मुद्दा अघि सारेर राजनीति गरिरहेको छ । उसले मेयरमा थारु र उपमेयरमा दलित समुदायबाट उम्मेदवार अघि सारेको छ । यस पार्टीको केन्द्रीय अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् । उनी २०७२ मा भएको टीकापुर घटनाका दोषी निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती हुन् ।

चौधरीको नेतृत्वमा रहेको सो पार्टीले कैलाली र बर्दियाका केही पालिकामा चुनावी प्रतिस्पर्धा गरेको छ ।

 


ट्रेन्डिङ