धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

बझाङमा पहिरोमा पुरिएका चार शव निकालियो

धनगढी

 बझाङमा पहिरोमा पुरिएका चार जनाको शब निकालिएको केदारस्युँ गाउँपालिका वडा को मल्लेसिमा गएको पहिरोमा पुरिएका चार जनाको शव निकालिएको वडा अध्यक्ष  गणेश बहादुर बोहराले बताए

   बिहानैदेखि गरिएको प्रयासपछि आज दिउँसोमा मात्र प्रहरी, जनप्रतिनिधि स्थानीयहरुको पहलमा पहिरोमा पुरिएकाहरुको शव निकालिएको हो

   वडा अध्यक्ष गणेश बहादुर बोहोराका अनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा १३ वर्षीया सन्तु जेठाराको शव निकालिएको हो

  पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा, १५ वर्षीया शान्ति जेठारा २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन्

   उनीहरुको खोजी कार्य जारी राखिएको वडा अध्यक्ष बोहोराले बताए गएराती वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा को मल्लेसका १७ घर बगाएको थियो

  सदरमुकामबाट टाढा भएका कारण जिल्लाबाट खटिएको सुरक्षाकर्मीको टोली भने घटनास्थल पुग्न सकेको छैन