धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङमा पहिरोमा पुरिएका चार शव निकालियो

धनगढी

 बझाङमा पहिरोमा पुरिएका चार जनाको शब निकालिएको छ । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका चार जनाको शव निकालिएको वडा अध्यक्ष  गणेश बहादुर बोहराले बताए ।

   बिहानैदेखि गरिएको प्रयासपछि आज दिउँसोमा मात्र प्रहरी, जनप्रतिनिधि र स्थानीयहरुको पहलमा पहिरोमा पुरिएकाहरुको शव निकालिएको हो ।

   वडा अध्यक्ष गणेश बहादुर बोहोराका अनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव निकालिएको हो ।

  पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन् ।

   उनीहरुको खोजी कार्य जारी राखिएको वडा अध्यक्ष बोहोराले बताए । गएराती वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको थियो ।

  सदरमुकामबाट टाढा भएका कारण जिल्लाबाट खटिएको सुरक्षाकर्मीको टोली भने घटनास्थल पुग्न सकेको छैन ।


ट्रेन्डिङ