धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङको साइपाल पालिकामा एमालेका बोहरा बिजयी

बझाङ । बझाङ जिल्लाको साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहरा बिजयी भएका छन् ।  निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार उज्वल बोहरा भन्दा ६२ मतको अन्तरले  बोहरा पालिका  प्रमुखमा बिजयी भएका हुन् ।

  बिजयी भएका बोहराले   ६ शय ७५  र  गठबन्धनका उम्मेदवार उज्जवल बोहराले  ६ सय १३ मत प्राप्त गरेका हुन्

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी डोल्मा तामाङले ६ शय ७५ मत ल्याएर विजयी भएकी छन्  । उनका निकटतम प्रतिस्पर्धी बाटु बोहराले ६ शय १९ मत ल्याएकी छन्  ।

यस्तै वडा नम्बर १ मा प्यानल सहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन्  । वडा नम्बर २ मा गठबन्धनका (नेपाली कांग्रेस)  उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन्  ।

वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार गोरख बोहरा प्यानल सहित विजयी भएका छन् । ४ नम्बर वडामा गठबन्धन (नेपाली कांग्रेस) बाट जयसिंह रोकाया प्यानल सहित विजयी भएका छन्  । वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।


ट्रेन्डिङ