धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका तीन पालिकामा  रेशमको पार्टी नागरिक उन्मुक्ति पार्टी अग्रस्थानमा

धनगढी  । कैलाली जिल्लाको पुर्वी क्षेत्रका चार पालिकाहरुमा संघीय साँसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।

जिल्लाको टीकापुर नगरपालिका,  भजनी नगरपालिका र जोशीपुर गाउपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । कैलाली जिल्लामा १३ स्थानीय तह छन् ।

टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा १ हजार ७ सय ४५ मत  प्राप्त गर्दै निकटतम प्रतिस्पर्धि भन्दा करिब दोब्बर मतले अगाडि छन् । हालसम्म सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावलले ९ शय ८३ मत पाएर पछ्याइरहेका छन् । नेकपा एमालेका  मेयरका उम्मेदवार श्याम खत्रीले ७ शय ८५ मत पाएका छन् ।

त्यस्तै, भजनी नगरपालिकामा ८ सय १२ मत पाएर  उन्मुक्ति पार्टीकै केवल चौधरीको अग्रता छ । एमालेका हर्कबहादुर बुढाले ८ शय १ मत पाएर पछ्याइरहेका छन् ।

त्यस्तै जोशीपुर  गाउपालिकामा नागरिक उन्मुक्ति पार्टीका चित्र बहादुर चौधरीले ६ सय ८६ मत सहित अग्रता लिइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भीम बहादुर बमले ६ सय ४४ मत सहित पछ्याइरहेका छन् । नेपाली काग्रेसका वन्शराम वडायकले ४ शय ४४ मत पाएका छन् ।


ट्रेन्डिङ