धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गौमुलमा अध्यक्ष, उपाध्यक्ष सहित सवै वडामा एमाले विजयी

गौमुलमा अध्यक्ष, उपाध्यक्ष सहित सवै वडामा एमाले विजयी
गौमुल गाउँपालिका

धनगढी । बाजुराको गौमुल गाउँपालिकामा एमालले प्रमुख, उप–प्रमुख सहित सवै वडामा जीत हाशील गरेको छ ।

गौमुल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हरिबहादुर रोकाया, उपाध्यक्षमा सिता रोकाया -थापा_ विजयी भएका छन् । रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएर विजयी भए भने काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजित भए ।

यस्तै उपाध्यक्ष सिताले ३ हजार १ सय ९४ मत ल्याएर काँग्रेसकी उमा रोकायालाइ पराजित गरेकी छन् । उमाले १७ सय ४४ मत ल्याएकी थिईन् । यस्तै गौमुल गाउँपालिकामा ६ वटै वडामा पनि एमालेले जितेको छ ।


ट्रेन्डिङ