धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गोदावरीको मेयरमा कांग्रेस र उप मेयरमा एमाले विजयी

गोदावरीको मेयरमा कांग्रेस र उप मेयरमा एमाले विजयी

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुँदा  उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विरेन्द्र भट्ट विजयी भएका छन् भने उपमेयरमा एमालेकी शारदा रोकाया विजयी भएकी छन् ।

मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमालेका गोर्कण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन् । यस्तै उपमेयरमा विजयी एमालेकी रोकायाले १० हजार ६७० मत ल्याएकी छन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् ।

कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो । गोदावरी एमालेका केन्द्रीय सचिव लेखराज भट्टको गृहनगर समेत हो ।


ट्रेन्डिङ