धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछामको पञ्चदेवमा कांग्रेसकी प्रदेश सह महामन्त्री मेयर बनिन्

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी अम्बिका चलाउने विजयी भएकी छिन् । उनि काँग्रेस सुदूरपश्चिम सहमहामन्त्री समेत हुन् ।

उनी निवर्तमान नगर उपप्रमुख पनि हुन् । चलाउनेले ३ हजार ६ सय ५३ मत गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्वी माओवादीका रामबहादुर बिक ३ हजार १ सय ७२ मत पाउँदै पराजीत भए । पञ्चदेवलको उपप्रमुखमा पनि काँग्रेसकै हर्कबहादुर रावल ४ हजार १८८ मत ल्याउँदै विजयी भएका छन् ।


ट्रेन्डिङ