धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
बझाङ पहिरो अपडेट

बझाङको पहिरोमा पाँचौ शव भेटियो, पहिचान हुन बाँकी

 धनगढी,

   बझाङको केदारस्यू गाउँपालिका–८ मल्लेसीमा शुक्रबार राती गएको पहिरोमा पुरिएर हराएका मध्य थप १ जनाको शव फेला परेको छ । उनको शव पहिचान हुन भने बाँकी रहेको वडा अध्यक्ष गणेश बोहराले बताए । यो संगै पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

     यसअघि मृत फेला परेका ४ जनाहरुमा ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठारा रहेका छन् । पहिरोमा परेर वेपत्ता भएका अन्य व्यक्तिको खोजि कार्य जारी रहेको वडा अध्यक्ष बोहराले बताए ।


ट्रेन्डिङ