धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

सहकारी बैंकद्धारा नवज्योति र राष्ट्र सेवक सहकारी सम्मानित

सहकारी बैंकद्धारा नवज्योति र राष्ट्र सेवक सहकारी सम्मानित
राष्टिय सहकारी महासँघका अध्यक्ष मीन राज कडेलबाट सम्मानपत्र ग्रहण गर्दे नवज्योति सहकारीका अध्यक्ष सीताराम राना र व्यवस्थापक उग्रसेन राना

धनगढी । राष्ट्रिय  सहकारी बैंकले उत्कृष्ट काम गर्ने दुई सहकारीहरुलाई सम्मानित गरेको छ । बैंकले शाखा नियमित कारोवार बिधामा राष्ट्र सेवक बचत तथा ऋण सहकारी र उत्कृष्ट कारोवार बिधामा नवज्योति कृषि सहकारी संस्थालाई आक्ष्तबार सम्मानित गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्षम मीनराज कडेलले राष्ट्र सेवक बचत तथा ऋण सहकारीका अध्यक्ष  लोकराज पनेरु र प्रवन्धक प्रवेश श्रेष्ठलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।

 त्यस्तै नवज्योति कृषि सहकारी सँस्थाका अध्यक्ष सीताराम राना र व्यवजस्थापक उग्रसेन रानालाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।

राष्ट्रिय सहकारी बैंकले हरेक बर्ष उत्कृष्ट कारोवार गर्ने सहकारीहरुलाई सम्मानित गर्दै आएको छ ।

 

 


ट्रेन्डिङ