धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा थपिए ५९ कोरोना संक्रमित

सुदूरपश्चिममा थपिए ५९ कोरोना संक्रमित

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँमा ४९ र धनगढी प्रयोगशालामा १० गरी ५९ जनामा कोरोना पुष्टि भएको   हो । यो संगै सुदूरपश्चिम तीन हजार पाँच सय ९४ पुगेको छ ।

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ३७, कञ्चनपुरका ६, डोटी र डडेल्धुराका तीनरतीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

     यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ । जसमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका–२ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । सुदूरपश्चिमका संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन् ।


ट्रेन्डिङ