धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

डाक्टर केसीका तर्फबाट चार सदस्यीय वार्ता टोली गठन

डाक्टर केसीका तर्फबाट चार सदस्यीय वार्ता टोली गठन

धनगढी । कैलालीको धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट वार्ता टोली गठन गरिएको छ। डाक्टर केसीका मागबारे सरकारसंग छलफल गर्न चार सदस्यीय वार्ता टोली गठन भएको हो।

डाक्टर केसीको तर्फबाट वार्ता टोलीमा डाक्टर जीवन थापा, डाक्टर लिक्जन महर्जन, अधिवक्ता ओमप्रकाश अर्याल र प्रितम सुवेदी रहेको धनगढीमा डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैसीले बताए।

डाक्टर जैसीका अनुसार शनिबार नै पहिलो चरणको वार्ता काठमाडौंमा हुने तय भएको छ।

डाक्टर केसीको स्वास्थ्यमा भने थप समस्या देखिएको बताइएको छ। धनगढीको सेती अस्पतालमा भर्ना गरिएका डाक्टर केसीको अनशनको शनिबार ६ दिन पुगेको छ।