धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
अछाम पहिरो अपडेट

मृतकको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

मृतकको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

धनगढी । अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। पहिरोमा परेका अन्य ६ जना अझै बेपत्ता भएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार मृतकमध्ये चार जना तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ का रहेका छन्। यस्तै ढकारी गाउँपालिका–६ का एक जना, कमलबजार नगरपालिका–८ का पाँच जना र सोही नगरपालिका–६ का सात जना रहेका छन्। 

यस्तै बेपत्ता हुनेमा पनि तुर्माखाँद गाउँपालिका–५ का पाँच जना रहेका छन्। ढकारी गाउँपालिका–६ का एक जना बेपत्ता रहेको प्रशासन कार्यालयले जनाएको छ। 

हालसम्म ११ जना घाइतेको उद्धार गरिएको छ। ढकारीका तीन जना र कमलबजारका सात जनाको उद्धार गरिएको हो।तुर्माखाँद गाउँपालिका–५  को नाडामा पहिरोले २ घर बगाएको थियो।


ट्रेन्डिङ