धनगढी पोष्ट बिहिबार, १९ भदौ २०८२   September 4, 2025

चट्याङ परेर घाइते सौरेको सेनाको हेलिकोप्टरबाट उद्धार

धनगढी

   बाजुरामा भैसीखर्कमा दुई दिन अघि चटयाङ लागेर घाइते भएका व्यक्तिको थप उपचारका लाग नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । आइतबार प्रतिकुल मौसमका कारण सेनाको हेलिकप्टरले सोमबार  चट्याङ परेर घाइते भएका ५५ बर्षीय सौरे बोहरालाई नेपालगन्ज  पुरयाएको छ ।

    शनिबारराति चट्याङ पर्दा बुढीनन्दा नगरपालिका वडा नम्बर १० का भैसीखर्कमा रहेको ८ बर्षीय दिपेश बोहराको मृत्यु भएका थिए भने दिपेशका ठुला बुवा सौरे घाइते भएका थिए ।   

    बाजुरामा उपचार सम्भव नभएपछि आज जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा नेपाल सरकार गृहमन्त्रालयको सहयोगमा उदार गरीएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।