धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

विभिन्न कार्यक्रम गरी अक्फोर्डमा संविधान दिवस मनाइयो

विभिन्न कार्यक्रम गरी अक्फोर्डमा संविधान दिवस मनाइयो

धनगढी । धनगढी–४ स्थित अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।

विद्यालयका प्रिन्सिपल लोकराज पन्तका अनुसार संविधान दिवसका अवसरमा बक्तित्वकला, म्यूजिकल चेयर प्रतियोगिता र गायन प्रतियोगिता सञ्चालन गरिएको छ ।
जस अन्तरगत  कक्षा ६ देखि १० सम्मका विद्यार्थी विच गरिएको बक्तित्वकला प्रतियोगितामा निशा पान्डेय प्रथम, लक्ष्मी जोशी द्धितीय, अनुस्का बडू तृतीय र युगदीप ओलिले सान्तवना पुरस्कार पाएका छन् ।

संविधान दिवसकै अवसरमा विद्यालयमा गरिएको गायन प्रतियोगितामा टजेन चौधरी प्रथम, धनुष खडायत द्धितीय र पवन भट्ट तृतीय भएका छन् ।

दिवसका अवसरमा गरिएको कक्षा गत म्यूजिकल चेयर प्रतियोगितामा नर्सरीका रितेश सावद, एल केजीका अनुस्का ऐर र युनिसा रोकाया, यू केजिका श्रवण कार्की, कक्षा १ का अरुन कुवर र सुकृती राना तथा कक्षा २ का कन्चन सिंह प्रथम भएका प्रिन्सिपल पन्तले बताए ।

अक्सफोर्ड युनिभर्स रेडिक्स माध्यामिक विद्यालयलेले पढाईका अलावा विद्यार्थीलाई सास्कृतिक तथा सामाजिक मुल्य मान्यता संगसम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ । अक्सफोर्डले  अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीलाई जीवन उपयोगी शिप सिकाउदै आएको छ ।


ट्रेन्डिङ