धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दुई जना मृत भेटिए

दुई जना मृत भेटिए

धनगढी । कैलालीका छुट्टा छुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा एक/एक जना मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक  वेदप्रकाश जोशीका अनुसार गोदावरी–१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् ।

बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको थिए । घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रबक्ता जोशीले  त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।बडेलाको टाउको र खुट्टामा चोट लागेका छ ।

यसैगरी धनगढी–१ स्थित कैलाली कारागार नजिकै एक पुरुष मृत भेटिएका छन् । मृत फेला पर्नेमा कञ्चनपुरको कृष्णनगरपालिका– ८ का ७४ वर्षीय धनसिंह जेठारा रहेका छन् ।

छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएका प्रहरी प्रबक्ता जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ