धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि कुटपिट

मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि कुटपिट

धनगढी बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको

त्रिवेणी नगरपालिका को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक -डीएसपी_ सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएको बताए ।

उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए कुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको

डीएसपी थापाकाअनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन् घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको


ट्रेन्डिङ