धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हेबिटेट नेपालद्धारा बाढी पीडितलाई राहत बितरण

हेबिटेट नेपालद्धारा  बाढी पीडितलाई राहत बितरण

धनगढी । हेबिटेट नेपालले कैलालीका बाढी प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई हेबिटेटले  त्रिपाल, सेल्टरक किट वितरण गरिएको हो ।

हेबिटेट नेपाल पश्चिम फिल्ड कार्यालय धनगढीका कार्यक्रम व्यवस्थापक पुनिता चौधरीका अनुसार दुई साता अघि अविरल बर्षाका कारण आएको बाढीबाट  बढी प्रभावित परिवारलाई राहात सामाग्री वितरण गरिएको हो ।

कार्यक्रम व्यवस्थापक चौधरीका अनुसार उनका अनुसार भजनी नगरपालिकामा दुई सय ३५ परिवारलाई त्रिपाल र ५० परिवारलाई सेल्टर किट वितरण गरिएको छ भने कैलारीका एक सय ५२ परिवारलाई त्रिपाल र २५ परिवारलाई सेल्टर किट वितरण गरिएको हो ।

गत भदौ ३१ गतेदेखि असोस १ गतेसम्म परेको अविरल वर्षा र बाढीका कारण  भजनी नगरपालिका  र कैलारी गाउँपालिकाका बासिन्दाका घरमा पानी पसेको थियो । बाढीका कारण सयौ परिवार घर छोडेर सडक, सामुदायिक बन, बिद्यालयमा बसिरहेका छन् ।

हेबिटेट नेपालले भुमिहीन, सुकम्वासी, दलित लगायत सामाजिक आर्थिक रुपमा पछाडी पारिएका वर्गको सुरक्षित आवासको लागि सरकारसँगको सहकार्यमा काम गर्दै आइरहेको छ ।


ट्रेन्डिङ