धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा उम्मेदवारको टुङ्गो लगाउँदै माओवादी केन्द्र

सुदूरपश्चिममा उम्मेदवारको टुङ्गो लगाउँदै माओवादी केन्द्र

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको टुंगो लगाएको छ, भने केही स्थानमा उम्मेदवार टुङ्गो लगाउने अन्तिम तयारीमा रहेको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ, जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढवालले टिकट करिवकरिव टुंगिएको छ ।

कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् ।

बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनेछिन् ।

प्रदेशसभातर्फ बाजुरा ‘क’ मा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ ‘क’ को उम्मेदवार टुंगो लागेको छैन ।

बझाङ ‘ख’मा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन । कैलाली ३ को ‘ख’मा नन्दबहादुर साउदको सम्भावना छ । कैलाली ५ को ‘क’ मा रमेश धामी उम्मेदवार हुने भएका छन् ।

दार्चुला ख मा मानबहादुर धामी र डडेलधुरा क मा खगराज भट्ट उम्मेदवार हुने छन् । कञ्चनपुर १ ‘क’ मा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को ‘क’मा टेकेन्द्र भट्टले टिकट पाउने छन् । कैलाली ३ को ‘क’ र ‘ख’ दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन ।


ट्रेन्डिङ