धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–५ मा एमालेबाट नारद मुनी रानाले गरे मनोनयन दर्ता

प्रदेश निर्वाचन क्षेत्र क बाट नेपालु चौधरी र ख बाट दुर्गा जोशीले मनोनयन दर्ता गराएका छन् ।

कैलाली–५ मा एमालेबाट नारद मुनी रानाले गरे मनोनयन दर्ता

धनगढी । कैलाली क्षेत्र नम्बर–५ मा नेकपा एमालेका तर्फबाट नारदमुनी रानाले प्रतिनीधि सभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगरेर रानाले उम्मेदरीका लागि मनोनयन दर्ता गरेका हुन् । राना कैलाली–५ बाट २०७४ को निर्वाचनमा विजयी भएका थिए ।

यस्तै कैलाली–५ को प्रदेश निर्वाचन क्षत्र ‘क’ बाट एमालेका नेपालु चौरीले मनोनयन दर्ता गराएका छन् । उनि यस अघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेश सभा ‘ख’ मा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले मनोनयन दर्ता गरेका छन् । उनि २०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा लडेपनि पराजीत भएका थिए ।


ट्रेन्डिङ