धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नि आरजु देउवाले दर्ता गराएकिछन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजु राणा देउवाले वारिस्नामा मार्फत उम्मेदवारी दर्ता गराएकी हुन् ।

देउवाको प्रस्तावक काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन् ।

देउवा डेल्धुरामा २०४८ साल देखि निरन्तर विजयी हुँदै आएका छन् । देउवाको यो आठौं निर्वाचन हो ।


ट्रेन्डिङ