धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछाममा ओली बिरुद्ध नाराबाजी

अछाममा ओली बिरुद्ध नाराबाजी

धनगढी । नेकपा एमालेका नेता भीम रावलका सर्मथकले अछाममा ओली बिरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका छन् । एमाले बाट अछाम क्षेत्र नम्बर–१ मा टिकट पाएका झपड बोहराले उम्मेदवारी दर्ता गर्न जाने क्रममा रावलका समर्थकले कालो झण्डा सहित ओली बिरुद्ध नाराबाजी गरेका हुन् ।

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका भीम रावलको टिकट खासेर केन्द्रले झपट बोहरालाई दिएको विरोधमा उनीहरुले कालो झण्डासहित ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

अछाममा एमालेका तर्फबाट क्षेत्र नम्बर–१ को प्रदेश सभा (क) मा देवबहादुर कुँवर र प्रदेशसभा (ख) मा कृष्णप्रसाद जैशीले मनोनयन दर्ता गराएका छन् ।


ट्रेन्डिङ