धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

बोराडाँडीमा रामलिला महोत्सव हुने

बोराडाँडीमा रामलिला महोत्सव हुने

धनगढी भगवान रामको जीवनीमा आधारित रहेर धनगढी बोराडाँडी स्थित धनगढी क्रिकेट एकेडेमीको प्रशक्षिण मैदानमा सोमबार देखि रामलिला ज्ञान महोत्सव सुरु हुँदैछ

धर्म संस्कृतिको जगेर्ना गर्न, युवा पिडिलाई अनुशासनको ज्ञान दिन तथा भगवान रामको जीवनिलाई नयाँ पिडीमा बाँड्न रामलिला आयोजना गरिएको मुल आयोजक समितिले जनाएको

शिव मन्दिर रामलिला ज्ञान महोत्सवको आयोजनामा संगित मय रामलिला सञ्चालन हुने मुल आयोजक समिति संयोजक नन्दुसिंह ऐरीले बताए

रामलिला उद्घाटन धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले गर्ने छन् उद्घाटनपछि भगवान रामको जन्म, रावण, विभिषण, कुम्भ कर्णलाई ब्रह्माको बरदान लगायतका विषय आज समेटिने छन् रामलिलाका लागि ६० जना भन्दा बढी कलाकार तयार गरिएका मुल आयोजक समितिका उप संयोजक सुन्दरसिंह धामीले बताए

संगित मय विधामा प्रस्तुत हुने रामलिलामा राघ, राघने, राधेश्याम, मालकोष, चौपाई, थिएटर, विहाग, भजन लगायतका विधा समेत प्रस्तुत हुने आर्थिक व्यवस्थापन उप समिति संयोजक विष्णु जोशीले बताए

१४ दिन सम्म सञ्चालन हुने रामलिलामा प्रत्यक दिन दुई हजार बढी भक्तजनको सहभागिता हुने अनुमान गरिएको जोशीले बताए उनका अनुसार रामलिला महोत्सव सफल बनाउन ५१ सदस्यीय मुल समिति, तथा वटा उप समिति गठन गरिएका छन्

मुल समिति संयोजकमा नन्दुसिंह ऐरी, उप संयोजकमा सुन्दरसिंह धामी, सचिवमा हरिसिंह जोशी कोषाध्यक्षमा तेजबहादुर चन्द रहेका छन्

यसैगरी उप समितिहरुमा मञ्च व्यवस्थापन तथा पात्र छनौट संयोजक देवबहादुर चन्द, आर्थिक उप समिति संयोजक विष्णु जोशी, प्रचार प्रसार उप समिति संयोजक मोहन जोशी, सुरक्षा व्यवस्थापन संयोजक प्रशुराम जोशी, आतिथ्य सत्कार संयोजकमा बरिष्ठ अधिबक्ता राजेन्द्र साउँद तोकिएका छन् महोत्सव सञ्चालन गर्न १५ लाख खर्च हुने अनुमान गरिएको