धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङ केन्द्रबिन्दु बनाए आयो ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प

धनगढी । बझाङ केन्द्रबिन्दु भएर सुदुरपश्चिचमा भुकम्प आएको छ । राति  ८ बजेर १३ मिनेटमा भुकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् लोकविजय अधिकारीका अनुसार  खप्तड छान्ना गायपालिकाको  पटादेवल केन्द्रबिन्दु  भएर ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पको धक्का सुदुरपश्चिमका सबै जिल्लामा महशुश भएको छ ।

यसअघि गत बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस क्रममा ६ जनाको मृत्यु भएको थियो । साथै केही मानिस घाइते भएका थिए । भूकम्पपछि डोटीमा सयौं परकम्प पनि गएका थिए ।

 


ट्रेन्डिङ