रावण वध संगै रामलिला समापन

रावण वध संगै रामलिला समापन

धनगढी धनगढी मा कात्तिक १४ गते देखि सुरु भएको रामलिला ज्ञान महोत्सव रावणको बध विभिषणको राज्यभिशेक गरेर सकिएको

धर्म संस्कृतिको जगेर्ना गर्न, युवा पिडिलाई अनुशासनको ज्ञान दिन तथा भगवान रामको जीवनिलाई नयाँ पिडीमा बाँड्न रामलिला कात्तिक १४ गते देखि बोराडाँडी स्थित धनगढी क्रिकेट एकेडेमिको प्रशिक्षण मैदानमा सुरु भएको थियो

शिव मन्दिर रामलिला ज्ञान महोत्सवको आयोजनामा भएको रामलिला संगित विधामा सञ्चालन भएको हो

भगवान रामको जन्म, रावण, विभिषण, कुम्भ कर्णलाई ब्रह्माको बरदानको चित्रण देखाउँदै रामलिला सुरु भएको थियो

रामलिलाका लागि ६० जना भन्दा बढी कलाकारले अभिनय गरेको मुल आयोजक समितिका उप संयोजक सुन्दरसिंह धामीले बताए

संगित मय विधामा आयोजनामा गरिएको रामलिलामा राघ, राघने, राधेश्याम, मालकोष, चौपाई, थिएटर, विहाग, भजन लगायतका विधा पनि समावेस गरिएका थिए

रामलिलामा प्रत्यक दिन दुई हजार बढी भक्तजनको सहभागिता रहेको अनुमान गरिएको रामलिला महोत्सव सफल बनाउन ५१ सदस्यीय मुल समिति, तथा वटा उप समिति गठन गरिएका थिए

नन्दुसिंह ऐरीको संयाजकत्वमा उप संयोजकमा सुन्दरसिंह धामी, सचिवमा हरिसिंह जोशी कोषाध्यक्ष रहने गरी मुल आयोजक कमिटि बनाइएको थियो

मुल आयोजक कमिटिलाई सघाउन विभिन्न उप समिति गठन गरिएका थिए जस्मा मञ्च व्यवस्थापन तथा पात्र छनौट संयोजक देवबहादुर चन्द, आर्थिक उप समिति संयोजक विष्णु जोशी, प्रचार प्रसार उप समिति संयोजक मोहन जोशी, सुरक्षा व्यवस्थापन संयोजक प्रशुराम जोशी, आतिथ्य सत्कार संयोजकमा बरिष्ठ अधिबक्ता राजेन्द्र साउँदले जिम्मा लगेका थिए महोत्सव सञ्चालन गर्दा १५ लाख खर्च भएको अनुमान गरिएको