धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

बीए प्रथम बर्षको परिक्षाफल सार्वजनिक

बीए प्रथम बर्षको परिक्षाफल सार्वजनिक

धनगढी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय -पनिकाले १५ महिनापछि बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो

लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए

पनिकाले भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेको बताउँदै आएको थियो

पनिकाले परीक्षा सार्वजनिक गर्दै नतिजामा स्थगन÷अनुपस्थित देखिएका परीक्षार्थीहरुलाई अध्ययनरत क्याम्पस सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई मंसिर १० गतेपछि पनिकाको मानविकी गोप्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको