धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कञ्चनपुरमा झडप हुँदा २ जना घाइते

कञ्चनपुरमा झडप हुँदा २ जना घाइते

धनगढी । कञ्चनपुरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ । शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन् । ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको बताइएको छ ।

दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हिक्मतको टाउकोमा र रतनबहादुरको चिउडोमा चोट लागेको प्रहरीले बताएको छ । यस्तै अहिले उनीहरुलाई उपचारका लागि धनगढी रिफर गरिएको छ । झगडाको कारण भने खुलेको छैन् ।


ट्रेन्डिङ