धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

निर्वाचन  बिरोधी गतिविधि गर्ने आठ जना पक्राउ

निर्वाचन  बिरोधी गतिविधि गर्ने आठ जना पक्राउ

धनगढी ः निर्वाचन बिरोधी गतिविधि गरिरहेका नेकपा (बहुमत) का जिल्ला इन्चार्ज सहित ८ जनालाई  प्रहरीले कन्चनपुरको महेन्द्रनगरबाट  नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

पक्राउ पर्नेमा नेकपा बहुमतका  कन्चनपुर इन्चार्ज हरिश दयाल सहितका रह्का छन् ।  उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।


ट्रेन्डिङ