धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुराका पाच मतदान केन्द्रमा निर्वाचत स्थगित

धनगढी  : फर्जी मतपत्रका बिषयमा विवाद बढेपछि बाजुरा जिल्लाका ५ ठाउँमा मतदान स्थगित भएको छ । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच  मतपत्रका बिषयमा झडप भएपछि मतदान स्थगित भएको हो ।

जिल्लाको बुढीगंगा गाउँपालिका वडानम्बर ८, बुढीनन्दा गाउँपालिका वडा नम्बर ३ र ५, स्वामिकार्तिक गाउँपालिकाको ३ र ४ तथा खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ९१ मा रहेका मतदान केन्द्रमा मतगणना स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीलेल बताए ।

दुई पार्टीबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर समेत गरेको छ ।

 


ट्रेन्डिङ