धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा  सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु

धनगढी । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर  एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर सोही ठाउका अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष जुद्ध बहादुर ऐडीले बताए ।

मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।

यसक्रममा प्रहरी हवल्दार कृष्ण कुँवर सहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदान सकिने समयमा झडप हुदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको सुदुरपश्चिम प्रदेश प्रहरी कायौलय धनगढीका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक भोला बहादुर रावलले बताए ।

 झडप अझै जारी रहेको  र बिस्तृत बिबरण आइनसकेको  रावलले बताए ।


ट्रेन्डिङ