धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–५ मा भोली ८ बजे देखि मतगणना हुने

कैलाली–५ मा भोली ८ बजे देखि मतगणना हुने

धनगढी । कैलाली क्षेत्र नम्बर–५ को मतगणना -मंगलबार_ भोलि ८ बजेदेखि मात्रै हुने भएको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामी भएपछि सर्वदलीय बैठकको निर्णयले भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचनको बढ्दो दौडधुपका कारण मुख्य निर्वाचन अधिकृत बिरामी परेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ ।

कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।


ट्रेन्डिङ