धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मतगणनमा ढिलाइले आशंका जन्माउँछ : ओझा

मतगणनमा ढिलाइले आशंका जन्माउँछ : ओझा

धनगढी । कैलाली ५ बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले  निर्वाचन भएको लामो समयसम्म मतगणना शुरु नहुनु प्रजातन्त्र माथिको आघात भएको बताएका छन् ।

मतगणनामा ढिलाई गरिनाले मत गणनाको क्रममा गल्ती हुन सक्ने आशंका बढाउने ओझाले बताए । बिगतमा भएका निर्वाचनका मतगणनामा त्यस्ता गल्ती भएको सुनिएको  आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

सोमबार बिहान  मतगणना निर्णय स्वागतयोग्य भएको ओझाले बताए ।

मतगणना सम्वन्धी कानुनकै व्यवस्था अनुसार मतगणना हुुनु पर्ने ओझाले बताए । कानुनमा नभएका व्यवस्थाका बारेमा दल र उम्मेदवारका बीचमा सहमति हुन सक्ने भए पनि कानुनमा भएको स्पष्ट व्यवस्थाका बारेमा  कानुन अनुसार नै हुने ओझाले बताए ।

दलहरुका बीचमा भएको छलफलमा वडागत गणना गर्ने कि वडाहरुका मतपत्र मिलाएर गणना गर्ने भन्नेमा सहमति हुन नसक्दा आइतबार कैलाली ५ को मतगणना शुरु हुन सकेको थिएन ।


ट्रेन्डिङ