धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कञ्चनपुर–१ मा तारालामा तामाङ दोब्बर मतले अगाडी

कञ्चनपुर–१ मा तारालामा तामाङ दोब्बर मतले अगाडी

धनगढी । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ४२९८ मत गणना भएको छ । उक्त निर्वाचन क्षेत्रमा  एमालेका उम्मेदवार तारालामा तामाङले दोब्बर मतले अग्रता गरिरहेका छन् । नेकपा एमालेका उम्मेदवार तामाङको २२७४ मत छ ।

यस्तै माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ११८४ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवारले १०७ मत पाएका छन्। २४९ मत बदर भएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा -१_ मा पनि एमालेका उम्मेदवार अगाडि छन् । ३८६६ मत गणना हुँदा प्रदेश सभा १ मा एमालेको १८३७ मत छ । नेपाली काँग्रेसका उम्मेदवारको १२४७ मत छ ।

यस्तै जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा -२_मा ४२७० मत गणना भएको छ । उक्त निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार अगाडि छन् । काँग्रेसको १५७९ मत छ । एमालेका उम्मेदवारको १३४० मत छ ।


ट्रेन्डिङ