धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–३ को प्रदेश ख मा नागरिकका खुशीराम विजयी

कैलाली–३ को प्रदेश ख मा नागरिकका खुशीराम विजयी

धनगढी । कैलाली क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र ख मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार खुशीराम डगौरा थारु निर्वाचित भएका छन् ।

नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार अमर बहादुर साउँदलाई पराजीत गर्दै खुशीराम निर्वाचित भएका हुन् ।

नागरिक उन्मुक्तिका खुशीराम डगौरा ७ हजार ५ सय ३९ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिद्वन्दि अमर साउँद ६ हजार ६ सय १९ मत पाउँदै पराजीत भएका हुने । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार जयनारायण जोशीले ४ हजार ३ सय ३५ मत पाएका छन । क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षत्र ख मा स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी रहेको थियो ।


ट्रेन्डिङ