धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सशस्त्र प्रहरी नायब निरीक्षक जेठाराद्वारा थलारा गाउँपालिकालाई जग्गा दान

सशस्त्र प्रहरी नायब निरीक्षक जेठाराद्वारा थलारा गाउँपालिकालाई जग्गा दान

 धनगढी

 सशस्त्र प्रहरी नायब निरीक्षक पदम बहादुर जेठाराले बझाङ जिल्लाको थलारा गाउँपालिकाको भवन निर्माणका लागि छ रोपनी जग्गा दान गरेका छन् ।

 थलारा गाउपालिका वडा नम्बर ५ स्थायी घर भएका सशस्त्र प्रहरी नायब निरीक्षक  जेठाराले आफ्ना  पिता स्वर्गीय चन्द्र बहादुर जेठारा र आमा कमला देवि जेठाराको स्मृतिमा थलारा गाउपालिका ८ सेठीधारामा रहेको १५ लाख मुल्य बराबरको जग्गा दान गरेका हुन् ।

  जेठारा हाल  कोहलपुर राजस्व चुहावट नियन्त्रण गुल्ममा कार्यरत छन् ।  

 जेठाराले गत वर्ष थलारा गाउँपालिका ५ स्थित १ रोपनी जग्गा स्थानीय ग्यालेक्सी स्पोर्ट्स क्लबलाई क्लब भवन निर्माणका लागि दान गरेका थिए ।