धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली २ मा उन्मुक्तिका अरुणलाई पछि पार्दै माओवादीका बडुवालले लिए अग्रता

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन् । शुरुदेखि नै अग्रता लिएका नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई उछिन्दै माओवादीका बडुवालले १ शय ६७ मतले अग्रता लिएका छन् ।

हालसम्म भएको १४२२३ मतको गणमा माओवादीका बडुवालले ४६९१ पाएका छन् । नागरिक उन्मुक्तिका चौधरीले ४५२४ मत पाएर बडुवाललाई पछ्याउन शुरु गरेका छन् ।

एमालेका उम्मेदवार झपट बहादुर रावलले ३५८६ मत पाएका छन्  ।

१ लाख चार हजार नौ सय ६ मतदाता रहेको यस क्षेत्रमा ६० हजार ६ सय २९ मत खसेको छ ।

 


ट्रेन्डिङ